४ असार २०८१, मंगलवार

केन्द्रीय कार्य समिति

नेपाली कांग्रेस नेपालको सबै भन्दा ठूलो समाजवादी-लोकतान्त्रीक राजनीतिक दल हो। यो दलको स्थापना २००६ चैत २७ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरणबाट भएको थियो।[६] हाल यस दलको सभापति शेरबहादुर देउवा हुन्।[७] यो दलको युवा सङ्गठन नेपाल तरुण दल हो भने विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ हो।[८] सदस्यता का आधारमा लगभग १० लाख क्रियाशील सदस्य सहित नेपाली कांग्रेस देशको सबै भन्दा ठूलो पार्टी हो।

हाल यो प्रतिनिधि सभा र राष्ट्रिय सभाको प्रमुख दल समेत हो।[९] नेपाली कांग्रेसका प्रधानमन्त्रीहरूले राणा शासनको अन्त्य पछि र आम निर्वाचन २०१५ मा, नेपालको पहिलो प्रजातान्त्रिक तवरले निर्वाचित सरकार लगायत पञ्चायत युगको सुरुवातका बीच चारवटा सरकारको नेतृत्व गरेका थिए। नेपाली कांग्रेस बहुमत प्राप्त गर्न सफल एक मात्र नेपाली दल हो जसले ३ चुनावमा बहुमत ल्याएको छ। यसैगरी २ चुनाव बाट यो पहिलो दल बन्न सफल भएको इतिहास छ। प्रतिनिधिसभा निर्वाचन, २०७४ मा, काङ्ग्रेस प्रतिनिधिसभामा बाम गठबन्धनको राप र तापले दोस्रो सबैभन्दा ठूलो दल? बनेको थियो जहाँ यसले कुल २७५ सीट मध्ये ६३ मा विजय हासिल गरेको थियो जहाँ यो आफ्नो इतिहासमै कमजोर अवस्थामा हुँदाहुँदै कम्युनिस्ट पार्टीमा दरार पैदा हुँदा सरकारको नेतृत्व गरी रहेको छ।