४ असार २०८१, मंगलवार

नेपाली कांग्रेस (वी.पी.) काे एक महिने राष्ट्रिय जनजागरण अभियान सुरु

राष्ट्रियताकाे सवालमा सत्ता पक्ष र प्रतिपक्ष दुबै उस्तै भएको आराेप
काठमाडौं, ७ माघ । नेपाली कांग्रेस (वी.पि.) ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्न आजदेखि एक महिने राष्ट्रिय जनजागरण अभियान सुरु गरेको छ ।
साे पार्टीले आज राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी एक महिने राष्ट्रिय जनजागरण अभियान सुरु गरेको जनाएको हो ।
राष्ट्र र राष्ट्रियता बचाउने अभियानअन्तर्गत माघ ७ गतेदेखि फागुन ७ गतेसम्म सातै प्रदेशमा एक महिने राष्ट्रिय जनजागरण अभियान सञ्चालन गर्ने साे पार्टीले जनाएको छ ।
अभियान अन्तर्गत आगामी फागुन ७ गते सातै प्रदेशमा सभा गर्ने पनि साे पार्टीले जनाएको छ ।
पत्रकार सम्मेलनमा साे पार्टीका वरिष्ठ उपसभापति गोबिन्दप्रसाद शर्माले नेपाली कांग्रेस वि.पि.को स्थापना र यसको उद्देश्य भनेको नै विपीले गरेको समाजवादको परिकल्पना पुरा गर्ने रहेको सुनाए । उनले भने,नेपालमा प्रजातन्त्र र राष्ट्रियताको रक्षाको लागि विपीले गरेको परिकल्पना, विपीको समाजवादको रक्षाको लागि यो पार्टी स्थापना भएको हो ।’ उनले आनो पार्टीको संगठन वडा तहसम्म विस्तार गर्ने बताए । पार्टीको अबको योजना जनतामाँझ आनो धारणा पुर्याउने रहेको बताउदै उनले भने,नेपाली जनतालाई उद्यमशिलताको माध्यमबाट अगाडि बढाउने, दिनको १÷२ घन्टा पार्टीलाई पनि समय दिने, विपीको विचारलाई बोकेर हिँड्ने र उनकोे सपना पुरा गर्ने हाम्रो लक्ष्य राखेका छौं ।’ उनले अब सातैवटा प्रदेश र ७७ जिल्लामा आनो पार्टीको संगठन विस्तार गरिनेपनि जानकारी दिए ।

खाडीका देशहरु आज सुन फलाउने भएकाे तर हाम्रो देश नेपाल प्राकृतिक सम्पदाको हराभरा भएपनि उजाडिँदै गएको भन्दै शर्माले विपीको समाजवाद र गणेशमान सिंहको त्यागलाई नेपाली कांग्रेस विपीले आगामी दिनमा जनतामाँझ बुझाउँदै लैजाने स्पष्ट पारे ।
शर्माले कोभिडले देश ग्रस्त बनाएको बेला कसैलाई देश र जनताको चिन्ता नभएको भन्दै अब आनो पार्टीले देश बनाउने दाबी गरे ।
कार्यक्रममा पार्टीका उपसभापति पुष्पराज पराजुलीले देशमा भ्रष्टाचार बढिरहेको बताउदै अहिले नेतृत्वमा रहेका नेताहरु देशप्रति गम्भीर नभएको आरोप लगाए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा लचिलो भएको आरोप बताउदै उपसभापति पराजुलीले भारतसँग बोल्न प्रधानमन्त्री देउवाको आँट नभएको आरोप लगाए ।
पूर्वप्रधानमन्त्री सुशिल कोइरालाको जतिपनि देउवामा दम नभएको आरोप लगाउँदै पराजुलीले कोइरालाले २०७२ सालमा चीन र भारतलाई सीमाको विषयमा कुटनैतिक नोट पठाएको स्मरण गराए ।
नेपाली भूभाग लिपुलेकमा नेपालको अनुमति नलिई बाटो बनाउने काम गलत हो र यसलाई रोक्नुहोस भनेर पनि नेपाल सरकारले भारत सरकारलाई भन्न नसकेको उनको टिप्पणी छ । उनले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लिपुलेक फिर्ता लिएरै छाड्छौं भनेको तर व्यवहारमा त्यसो नदेखिएको स्मरण गराउँदै ओलीको राष्ट्रवाद नक्क्ली भएको आरोप लगाए । उनले भने,नेपालको परराष्ट्रको जिम्मा भारतलाई दिने ओली नै हुन् र उक्त निर्णयलाई रोक्ने गिरजाप्रसाद कोइराला हुन् । ओलीको राष्ट्रियता नाङ्गिसकेको छ ।’
पराजुलीले सबै सांसदले लिपुलेक हाम्रै हो भनेर खुशी हुँदै हस्ताक्षर गरेको स्मरण गराउँदै ओलीले पाठ्यक्रममा राख्न नसकेर राष्ट्रियताबारे उनको चरित्र प्रष्ट देखिएको बताए । उनले भने,नेपाली जनतालाई ओलीले बेकुफ बनाए ।’
सत्तापक्ष र प्रतिपक्ष अहिले सबै विदेशी शक्ति केन्द्रबाट पालित÷पोषित भएको आरोप लगाउँदै उनले भने,सत्तापक्ष र प्रतिपक्ष दुवै शक्तिले देशको लगि केही गर्न सक्दैनन् ।’
नेता पराजुलीले नेपाली कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गरेर ढर्रामात्र देखाएको आरोप लगाए । उनले प्रधानमन्त्री देउवा र ओलीमा साँच्चिकै राष्ट्रवाद छ भने पाठ्यक्रममा नेपालको नयाँ नक्सा समावेश गरी सार्वजनिक गर्नसमेत चुनौति दिए । उनले अब देउवा र ओलीको कुरा नेपाली जनताले नपत्याउने पनि दाबी गरे ।
उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत सबै नेताहरु उस्तै भएको टिप्पणी गरे ।
राजसंस्था र राजनीतिक दलहरुबीच समस्या आएपछि विदेशीहरुले चलखेल गर्ने माैका पाएको उनको भनाई थियो । उनले राजसंस्था र राजनीतिक दलहरु मिल्नुपर्नैमा जोड दिए । राजाले प्रजातन्त्र र दलले राजसंस्था भुल्न नहुने उनको तर्क छ । भगवान गौतम बुद्धको जन्मस्थल नेपाल भएको भन्दै उनले मुलुकलाई धर्मनिरपेक्ष बनाउने कार्यमा लाग्नेहरु विदेशीको एजेण्ट भएको गम्भीर आरोप लगाए ।

सुरुदेखि हालसम्मै देशको भ्रष्टाचारको मुल नायक प्रधानमन्त्रीहरु नै भएको भन्दै उनले अहिलेसम्म भएका सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न पनि माग गरे । उनले भने,श्रोत नखुलेका सबैका सम्पत्ति राष्ट्रियकरण गर्न पनि म यही मञ्चबाट माग गर्दछु ।’ उनले न्यायालयलाई उच्च स्थानमा राख्नुपर्ने बेलामा न्यायालयलाई दलहरुले नै घेराबन्दी गरेको जिकिर गरे ।

यसैगरी, पार्टीका महामन्त्री देवेन्द्र प्रकाश पौडेलले मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको बताउदै कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाएको बेला देशको सिमानाका मिचिने भएकोले सबै सचेत हुनपर्नेमा जोड दिए ।
जीवन रहे जिन्दगी हेर्न पाइने भन्दै उनले कोरोना कालको समयमा देशको सिमा जोगाउन नेपाली कांग्रेस (वी.पी.) तत्पर रहेको बताए ।
कोरोनको भेरियन्ट पटकपटक आएको भन्दै उनले देशमा कोरोना कालमै भ्रष्टाचार बढेको आरोप लगाए । जनतालाई थिचोमिचो गरेर प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले गलत भूमिका खेलेको उनको भनाई थियो । उनले अब आनो पार्टीले राष्ट्रमा भएको बेथितिबारे भण्डारफोर गर्ने पनि जानकारी दिए ।
देशमा राष्ट्रिय जागरण ल्याउने उद्देश्यले सारा जनताको घरदैलोमा पुगेर बेथिति र भ्रष्टाचारको बारेमा बताउनका लागि आजकै दिनदेखि कार्यक्रमको सुरुवात गरेको उनलेे सुनाए ।
अर्का महामन्त्री भक्तराज भुषालले २००३ सालदेखि नेपाली कांग्रेस सुरु भएर २०७८ सालमा आउँदा कांग्रेसका कार्यक्रम र एजेण्डामा विचलन आएको आरोप लगाए । त्यही भएर आफूहरुले २०७४ साल असार ३० गते नेपाली कांग्रेस (वि.पी.) को स्थापना गरेको उनले स्पष्ट पारे ।
उनले स्थापनाकालपछि आफ्नो पार्टीले विभिन्न एजेण्डा बोकेर चुनावमा सहभागी भएको स्मरण गर्दै उनलेे अब वी.पि. कांग्रेसले आफ्ना विचार र कार्ययोजना बोकेर जनतामाझ जाने बताए ।

त्यस्तै, कार्यक्रममा धर्मगुरु भिम्पोक्षे लामाले देशका सबै जनताले सहयोग गरेर आउने दिनमा नेपाली कांग्रेस (वी.पी.)लाई पहिलो पार्टी बनाउनुपर्ने धारणा राखे ।
उनले आगामी दिनमा वि.पी.कांग्रेसलाई धार्मिक संस्थाहरुले पनि साथ दिने प्रतिवद्धता व्यक्त गरे । अहिलेका नेतृत्वमा रहेका पार्टीहरुले सेवाभन्दा पनि नाफाको हिसाबले राजनीति गरेको उनले आरोप लगाए ।

समाचार

सम्बन्धित समाचार